सत्यमोहन जोशीको निधनको खबरले भरिए चिनियाँ सञ्चारमाध्यमका पाना
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको खबरलगत्तै चिनियाँ सञ्चारमाध्यमका पृष्ठ भरिएका छन् । विशेषगरी बेइजिङबाट प्रकाशित हुने केही अनलाइनले उहाँको फोटोसहित निधनको खबर प्रकाशित गरेका छन् ।
आज बिहानदेखि बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन शुरु भएको छ । राजनीतिक रुपमा निकै महत्वपूर्ण उक्त महाधिवेशनको समाचार प्रकाशित गरिरहेका चिनियाँ सञ्चारमाध्यमले जोशीको निधनलाई समेत प्राथमिकताका साथ प्रकाशित गरेका हुन् ।
उनीहरुले जोशीको मृत शरीरलाई सुरक्षित ढंगले अस्पतालमा जोगाएर राख्ने विषय,जोशीले भाषा,कला र संस्कृतिको विकासमा पुर्याउनुभएको योगदानबारे उल्लेख गरेको बताइन्छ ।
टिप्पणीहरू