स्वर्गीय जोशीको शव किष्ट अस्पतालमा, परिवारका सदस्यलाइ मात्र अनुमति
स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शव पौने ५ बजे ललितपुरस्थित किष्ट मेडिकल कलेजमा लगिएको छ । उहाँको बिहान सोही अस्पतलामा निधन भएपछि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको निम्ति आज दिउँसो पुल्चोकस्थित ललितपुर महानगरपालिका परिसरमा राखिएको थियो ।
त्यहाँबाट लगिएको पार्थिव शरीरलाई किष्ट मेडिकलका कर्मचारीहरुले औपचारिक रुपमा ५ बजे बुझेका छन् । स्वर्गीय जोशीलाई अस्पतालको शवगृहमा राखिएको जानकारी दिइएको छ । अब परिवार बाहेक अन्यले त्यहाँ श्रद्धाञ्जली व्यक्त गर्न वा शव हेर्न नमिल्ने जानकारी दिइएको छ ।
केही बेरअघि उहाँलाई श्रद्धाञ्जली चढाउन काठमाडौं महानगरका मेयर वालेन साह किष्ट अस्पताल पुग्नुभएको थियो ।
टिप्पणीहरू