किन चामल बाँडेको ? भन्दै सहरी विकासमन्त्रीसँग सोधनी

किन चामल बाँडेको ? भन्दै सहरी विकासमन्त्रीसँग सोधनी

निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्र क्षेत्र दाङको चारवटा पालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेपछि आयोगले आज स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?,’ आयोगले मन्त्री चौधरीलाई सोधेको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्न सक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी आफैँ अग्रसर हुनुपर्नाको कारण आयोगले मन्त्रीसँग मागेको छ । ‘तपाईं (मन्त्री चौधरी)बाट निर्वाचन आचारसहिताको उल्ङघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ?,’ आयोगको सोधाई छ ।

मन्त्री चौधरीले हिजो गृहजिल्ला दाङ पुगेर बाढीपीडितलाई १३ लाख रुपैयाँ बराबरको चामल वितरण गर्नुभएको थियो गरेका थिए । उहाँले राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल बाँड्नु भएको हो ।

टिप्पणीहरू