घुम्ती पसल खोल्दै गरेका इमान बिते

घुम्ती पसल खोल्दै गरेका इमान बिते

बारामा करेन्ट लागेर एक वृद्वको ज्यान गएको छ । कलैया उपमहानगरपालिका–२३, बैराथपुर बस्ने ७५ वर्षीय इमान हुसेनको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो ।

आफ्नै घुम्ती पसल खोल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । लगत्तै उपचारको निम्ति अस्पतालत लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

टिप्पणीहरू