राष्ट्रियसभा अध्यक्ष उतै उतै बेलायतमा प्रकट

राष्ट्रियसभा अध्यक्ष उतै उतै बेलायतमा प्रकट

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायतको राजधानी लण्डन पुग्नुभएको छ । आज बिहान हिथ्रो विमानस्थलमा ओर्लनुभएका अध्यक्षलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,ओएनएफ युके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनाललगायतले स्वागत गरेका हुन् ।

उहाँले आजै साँझ ह्यारोस्थित ब्लु रुममा आयोजना गरिएको शुभकामना साँझ उद्घाटन गर्ने कार्यक्रम छ । शुभकामना साँझमा नेपालबाट गएका कलाकारसँगै स्थानीय कलाकारको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

अध्यक्ष तिमिल्सिना अघिल्लो आइतवार इन्टरनेशनल पार्लियामेन्ट्री युनियनको कार्यक्रममा भाग लिन त्यसतर्फ जानुभएको थियो । संसदका महासचिव,राष्ट्रिय सभाका सचिवलगायत अन्य केही कर्मचारी सम्मिलित टोलीको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान जानुभएको हो ।सभामुखको अनुपस्थितिमा राष्ट्रिय सभा विनियमावलीमा अध्यक्षले नै व्यवस्थापन समितिको अध्यक्षता गर्ने उल्लेख भएकाले अध्यक्षले टोलीको नेतृत्व गर्नुभएको संसद स्रोतले जनाएको छ । प्रतिनिधिसभा नियमावलीमा पनि सोहीबमोजिमको व्यवस्था छ ।

युगाण्डाको कार्यक्रम सकाएर उहाँ बेलायततर्फ मोडिनुभएको हो ।

टिप्पणीहरू