७० करोड अब चार पटक मन्त्री बन्ने ?
‘एकपल्ट सञ्चार र शहरी विकास मन्त्री भएँ, अब पाँच पटकसम्म मन्त्री बन्छु ।’ यो दाबी एमाले नेता तथा काभ्रेपलाञ्चोक क्षेत्र नंं. २ बाट प्रतिनिधि सभाको लागि फेरि उम्मेदवार बनेका गोकुल बाँस्कोटाले गरेका हुन् । यस्तो दाबी सुन्नेहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको जस्तै ज्योतिषीसँग हात हेराएको हो कि भनी जिज्ञाशा राखेका थिए ।
त्यसो त नेता बाँस्कोटाको खिसीट्युरी नाम ७० करोड बनेको छ । उनलाई मन नपराउने पार्टीभित्र र बाहिरकाले ७० करोड भन्दै कुरा काट्ने चलन छ । यस्तै कुरा काट्ने एक जना कर्णालीका कांग्रेसी सांसदलाई बाँस्कोटाले ३ दिनसम्म संसदबाट गैरहाजिर हुने गरी लखेटेको चर्चा साथीभाइमाझ हुने गरेको छ । स्रोतकाअनुसार संसदभित्र र बाहिर चिया पसलमा पनि एक पूर्व कांग्रेसी सांसदले गोकुल बाँस्कोटालाई ७० करोड ७० करोड भनेर खिसिट्युरी गरेका थिए । बाँस्कोटाले आफूमाथि आरोप आएपछि छानबिनका लागि राजीनामा दिएको, महालेखा परीक्षक र संसदीय समितिले समेत छानबिन गरी क्लिन चिट दिएको र प्रमाणित नभएको अवस्थामा ७० करोड नभन्न आग्रह गरेका थिए । तैपनि, ती कांग्रेसी सांसदले पूर्व मन्त्री बाँस्कोटालाई जहाँ पायो त्यहीं ७० करोड भन्न नछाडेपछि हातपात गर्न जाइलागेको बताइन्छ ।
ढिलो जानकारीमा आएको यो घटनामा नेता बाँस्कोटाले आगो भएर झम्टेपछि बीचमा नकेपा एसका सांसद मुकुन्द न्यौपानेले रोकेका थिए । उनले संसद्भित्र कुट्ने काम गर्दा मिडियाले लखेट्छ, तिम्रो बदनाम हुन्छ, यस्तो काम नगर भन्दै झपारेका थिए । तैपनि, बाँस्कोटाले संसदभित्र होइन बाहिर कुट्छु भन्दै ढोकामा कुन थालेपछि न्यौपानेले तिमी सांसद हुने मान्छे हैन रै’छौ भनेर जवाफ फर्काएको बताइन्छ । त्यसपछि बाँस्कोटा कुलडाउन हुँदै एमालेको संसदीय भवनभित्र छिरेका थिए । ती काँगे्रेसी सांसदलाई पछ्याउँदै बाँस्कोटाले संसदको लबीदेखि शौचालयसम्म धुइँपत्ताल खोजी गरेका थिए ।
टिप्पणीहरू