२८ लाख घुस बुझेका इञ्जिनियर समातिए

२८ लाख घुस बुझेका इञ्जिनियर समातिए

रामेछापमा एक जना इञ्जिनियर घुस आरोपमा समातिएका छन् । रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इञ्जिनियरसहित दुई जना २८ लाख घुस लिएको आरोपमा समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इञ्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई आज पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले इञ्जिनियर सत्याल र प्लम्बर थापाको साथबाट १६ लाख नगद तथा १२ लाखको चेक बरामद गरेको छ । उक्त रकम उनीहरुले खानेपानीसँग सम्बन्धित सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ ।

मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयसँगै जोडिएको निवासबाट उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू