उपराष्ट्रपति मेडिसिटी अस्पताल जाँदै
उपराष्ट्रपति नन्दबहादुर पुन आइसीयुमा उपचाररत प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न ललितपुरको मेडिसिटी अस्पताल जान लाग्नुभएको छ । अस्पताल स्रोतका अनुसार उपराष्ट्रपति दाहालको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुग्ने कार्यक्रम छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीतालाई अकस्मात स्वास प्रश्वासमा समस्या देखिएपछि हिजो दिउँसो भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्याइएको हो ।
पहिले अस्पतालको इमर्जेन्सीमा लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि अपरान्हदेखि आइसीयुमा राखेर उपचार गरिएको हो ।
उहाँ त्यसअघि तीन दिनको उपचारपछि मेडिसिटीबाटै अस्ति डिस्चार्ज हुनुभएको थियो । तर पुनः स्वास्थ्य समस्या बढेपछि हिजो अस्पताल लगिएको हो ।
टिप्पणीहरू