सेनाको ब्यारेकमा भुण्डिनेले घरकी श्रीमतीमाथि दोष थोपरे

सेनाको ब्यारेकमा भुण्डिनेले घरकी श्रीमतीमाथि दोष थोपरे

गत शुक्रबार सैनिक ब्यारेकमा घाँटीमा सुर्केनी लगाएका सैनिक जवानले घरमा रहेकी श्रीमतीलाई दोष दिएका छन् । सोमबार एकाबिहानै राजधानीको गुह्येश्वरी फाँटस्थित त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब भवनमा पासो लगाएर झुण्डिएका उनै जवानले आफू मर्नुको कारण श्रीमतीलाई झोसेका हुन् ।

नयाँ श्रीनाथ गणमा दरबन्दी भई गल्फ क्लबतर्फ काजमा कार्यरत जवान भुवन पुडासैनी सोमबार बिहान साढे ६ बजे गल्फ क्लब भवनको पहिलो तलाको सिँढी छेउमा झुण्डिएका हुन् । नुवाकोटको बिदुर नगरपालिका–५ स्थायी घर भई हाल तिलगंगा बस्ने गरेका ४२ वर्षेले सर्टको खल्तीमा श्रीमतीको कारण मर्न बाध्य भएको सुसाइड नोट लेखेको पाइएको हो ।

सेनाको ब्याच नम्बर १९८१३० का पुडासैनी डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरी अनुसन्धानमा उनले नयाँ सर्टको खल्तिमा सुसाइड नोट हालेको पाइएको हो । क्याडि मास्टरको रुपमा चिनिएका उनले त्यो दिन बिहान नयाँ सर्ट र प्याण्ट लगाएर पासो लगाएको देखिएको छ ।

नयाँ सर्टको खल्तिमा सुसाइड नोट लेखेर घरमा रहेकी श्रीमतीलाई दोष लगाएको प्रहरीको बुझाई छ । उनले नोटमा श्रीमतको कारण आत्महत्या गर्न बाध्य भएको लेखेका छन् ।

मर्नु अघिल्लो साँझ उनले सबै सहकर्मीलाई मासु किनेर खुवाएको पनि रहस्य खुलेको छ । भोलिपल्ट बिहान घाम झुल्कने बेलामा नयाँ सर्ट र नयाँ प्याण्ट भिरेर घाँटीमा सुर्कने लगाएका पुडासैनीले श्रीमतीमाथि दोष थोपरेको बताइन्छ ।

टिप्पणीहरू