ब्रेन ट्युमरको अप्रेसन गर्दा बिरामीको मृत्यु, डाक्टरको लापरवाही भन्दै आन्दोलन, शव उठेन
काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आन्दोलन चर्किएको छ । एक साताअघि अस्पताल भर्ना गरिएका काठमाडौं महानगरपालिका-९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरको उपचारकै क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।
चिकित्सकको लापरबाहीले उनको ज्यान गएको भन्दै आन्दोलन गरिरहेका मृतकका आफन्तले आज चार दिन बितिसक्दा पनि शव उठाउन मानेका छैनन् । अस्पताल प्रशासन र मृतकका परिवारबीच पटक-पटक वार्ता भएपनि सहमति हुन नसक्दा अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।
मृतकका आफन्तले परिवारका एक जनालाई अस्पतालमा रोजगार दिनुपर्ने र उपचार खर्च मिनाहा गर्नुपर्ने माग राखेका छन् । तर, अस्पताल प्रशासनले भने उपचार खर्च मिनाहा गर्न अस्वीकार गरको छ । सहमति नजुटेपछि आक्रोशित मृतकका आफन्तहरुले आज बिहानैदेखि केएमसीमा धर्ना दिइरहेका छन् ।
डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । तर, केएमसी प्रशासनले चिकित्सकको लापरबाही नभएको दाबी गर्दै आएको छ ।
टिप्पणीहरू