कुटेर श्रीमती मारेको आशंकामा श्रीमान् पक्राउ

कुटेर श्रीमती मारेको आशंकामा श्रीमान् पक्राउ

-कमल भट्टराई

ताप्लेजुङमा श्रीमती मारेको अभियोगमा मृतकका श्रीमान पक्राउ परेका छन् । आठराइ त्रिवेणी गाउँपालिका वडा नम्बर ३, हाम्पाङ बस्ने ४५ वर्षीय विद्याराज यक्सो लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका २१ वर्षीय छोरा मनोज यक्सो लिम्बूलाई पनि ताप्लेजुङ प्रहरीले पक्रेको बताइएको छ ।

उनीहरुलाई फुङलिङ नगरपालिका ५, फुङलिङ बजारको वीरेन्द्र चोकमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

श्रीमती मनकुमारीको गत आश्विन २८ गते निधन भएको थियो । श्रीमान विद्याराज र छोरा मनोजले कुटपिट गरी सख्त घाइते भएकी मनकुमारीको भोलिपल्ट मृत्यु भएको बताइएको छ । घटनाको अनुसन्धान र छानबिन गर्न प्रहरीले मृतकका श्रीमान र छोरा दुवैलाई पक्राउ गरेर प्रक्रिया अगाडि बढाइएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

टिप्पणीहरू