बेलायती प्रधानमन्त्रीको राजीनामाको कारण रुसी राष्ट्रपति ?

बेलायती प्रधानमन्त्रीको राजीनामाको कारण रुसी राष्ट्रपति ?

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बनेको ४५ दिनमै जिम्मेवारी छाड्ने निर्णय गरेकी हुन् ।

तर, राजीनामा दिएको विषय जानकारी गराउने क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्रसले रुसी राष्ट्रति भ्लादिमिर पुटिनको युक्रेन युद्धका कारण बेलायतमासमेत सुरक्षा चिन्ता थपिएको र त्यसलाई व्यवस्थापन गर्न नसकेकाले राजीनामा दिएको उल्लेख गरेकी छन् । बेलायत युक्रेन युद्धमा पनि अमेरिकी रणनीतिक तथा सैन्य योजनामा सामेल छ ।

पछिल्लो नौ महिनादेखि बेलायतको आर्थिक वृद्धि मन्द भएकाले उनी राजीनामा दिन बाध्य भएकी हुन् । यसअघि उनले आर्थिक अवस्थामा सुधार ल्याउन नसकेको भन्दै अर्थमन्त्री क्वासी क्वारटेङलाई बर्खास्त गरेकी थिइन् । २४ घण्टाअघि गृहमन्त्री सुएला ब्रेभरम्यानले पनि राजीनामा बुझाएकी हुन् ।

बेलायतमा युक्रेन युद्धपछि आर्थिक संकट चुलिएको छ । बेलायती मुद्रा पौण्डको निरन्तर अवमूल्यन भएको छ । मुद्रास्फिती दर सन् १९८० यताकै सबैभन्दा माथि पुगेको छ ।

त्यहाँ आमचुनाव हुन अझै दुई वर्ष बाँकी छ । सत्तारुढ कन्जरभेटिभ पार्टीले अब एक साताभित्र अर्को नेता छान्ने बताइएको छ । यसअघि ऋषि सुनाकलाई पछि पार्दै उनी प्रधानमन्त्री बन्नको लागि दलको नेतामा चुनिएकी थिइन् ।

टिप्पणीहरू