केपी ओलीका विपक्षीलाई ‘स्वतन्त्र मन’ को समर्थन
आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका चर्चित लेखक तथा राजनीतिक विश्लेषक युग पाठकलाई ‘स्वतन्त्र मन’ अभियानले समर्थन दिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पाठकलाई सक्दो सहयोग गर्ने अभियानको भनाई छ । देशैभरी आशा र भरोसाको नयाँ परिस्थिति सिर्जना गर्न पाठकसंग सक्रिय हुन लागेको अभियानद्धारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ ।
‘आम जनताबीच फैलिएको निराशा, राजनीतिप्रतिको वितृष्णलाई सकारात्मक ऊर्जा र आशाको अभियानमा परिणत गर्न सक्रिय ‘स्वतन्त्र मन’ ले झापा क्षेत्र नम्बर ५ बाट एउटा नयाँ सन्देश दिँदै देशैभरि आशा र भरोसाको नयाँ परिस्थिति सिर्जना गर्न हामी युग पाठकसंगै सक्रिय रहने विश्वास पनि दिलाउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, झापा क्षेत्र नम्बर २ मा स्वागत नेपाल र क्षेत्र नम्बर ४ मा युक्तप्रसाद भेटवाललाई समर्थन गर्ने निर्णय भएको अभियानले जानकारी गराएको छ ।
टिप्पणीहरू