युएई जान हिँडेका यात्रुलाई मध्यरातमा सुन्धारा पुर्याइयो
गए राति संयुक्त अरब इमिरेट्स (युएई) को सारजहा जान ठिक्क परेका झण्डै डेढ सय यात्रुलाई मध्यरातमा राजधानीका विभिन्न होटलमा लगेर राखिएको छ । उनीहरुमध्ये केहीलाई २७ जनालाई सुन्धाराको पूजा होटलमा सुताइएको बताइन्छ ।
बाँकी सबैलाई ज्ञानेश्वरस्थित होटल काबेरी इनमा राखिएको छ । गए राति सारजहा उड्न ठिक्क परेको एअर अरेबियाको उडान नम्बर जी ९५३१ को विमानमा प्राविधिक खराबी देखिएपछि त्यसमा यात्रा गर्न सबै प्रक्रिया पूरा गरेका यात्रुलाई राति नै ती होटलमा लगिएको हो ।
विमान अहिलेसम्म नबनेकाले हिजोका यात्रु सबै होटलमै छन् ।
टिप्पणीहरू