प्रधानमन्त्री र गठबन्धनका नेता एउटै हेलिकप्टरमा
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धन दलका नेताहरु पोखरा र बुटवलमा आयोजित कार्यक्रम सम्पन्न गरेर राजधानी फर्कनुभएको छ । उहाँहरु साँझ साढे ५ बजे हेलिकप्टरमा बालुवाटारमा ओर्लनुभएको हो ।
सत्तारुढ दलको गठबन्धनले बिहान पोखरा र दिउँसो बुटवलमा आयोजना गरेकाे प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजधानी फर्कनुभएको छ ।
उहाँहरु नेपाली सेनाको ९ एन आरएएम अगुस्ता हेलिकप्टरमा आउनुभएको हो । हेलिकप्टरमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पनि हुनुहुन्थ्यो ।
टिप्पणीहरू