सेनाको जहाजमा विराटनगर जानुभएका प्रधानमन्त्री जनकपुर हुँदै फर्कनुभयो
नेपाली सेनाको जहाजमा बिहान विराटनगर जानुभएका प्रधानमन्त्री शेरबहादुर देउवा सोही जहाजमा जनकपुर हुँदै राजधानी फर्कनुभएको छ । उहाँसँगै सत्तारुढ गठबन्धनमा सामेल दलका शीर्ष नेताहरु पनि सोही जहाजमा फर्कनुभएको हो ।
प्रधानमन्त्री देउवासँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित २७ जनाको टोली आज बिहान सेनाको एनए ०६२ कासा विमानमा विराटनगर जानुभएको हो । विराटनगरमा आयोजित गठबन्धन दलको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँहरु जनकपुर जानुभएको थियो ।
जनकपुरमा प्रधानमन्त्री, माओवादी अध्यक्ष र एकीकृत समाजवादकिा अध्यक्षसहित लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि विराटनगरको जस्तै कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो । त्यसपछि उहाँहरु सेनाको उक्त जहाजमा साँझ ६ बजे राजधानी फर्कनुभएको छ ।
टिप्पणीहरू