प्रधानमन्त्री २६ सदस्यीय टोलीसहित धनगढीमा

प्रधानमन्त्री २६ सदस्यीय टोलीसहित धनगढीमा

प्रधानमन्त्री शेरबहादुर देउवा दुई दर्जन बढी सदस्य रहेको टोलीसहित धनगढी पुग्नुभएको छ । उहाँलगायत गठबन्धन दलका शीर्ष नेताहरु धनगढीमा आयोजना गरिएको सत्तारुढ गठबन्धन दलको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न राजधानीबाट त्यहाँ पुग्नुभएको हो ।

प्रधानमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित अन्य नेताहरु रहनुभएको बताइएको छ । उक्त टोली आज बिहान साढे ९ बजे सेनाको एनए ०६२ कासा विमानमा काठमाडौंबाट धनगढी गएको हो ।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले अस्ति पोखरा र बुटवल, हिजो विराटनगर र जनकपुरमा आयोजना गरिएको संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्नुभएको थियो ।

टिप्पणीहरू