विप्लवको हाइकमाण्डमा ६ जना

विप्लवको हाइकमाण्डमा ६ जना

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ६ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । नवौँ महाधिवेशनपछि बसेको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले स्थायी र पोलिटब्युरो गठन गरेको हो ।

६ जनाको स्थायी समितिमा महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेताहरु सन्तोष बुढामगर, अनिल शर्मा ‘विरही’, उमा भुजेल ‘सिलु’ र भरत बम ‘रणविर’ रहेका छन् ।

त्यस्तै, पोलिटब्यूरो २९ सदस्यीय बनाइएको छ । महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो भने ४५ जना बैकल्पिक केन्द्रीय सदस्य र १३९ जना केन्द्रीय प्रतिनिधि समिति सदस्य छानेको थियो ।

टिप्पणीहरू