राष्ट्रसंघीय महासचिवका सैन्य सल्लाहकार सैनिक मुख्यालयमा

राष्ट्रसंघीय महासचिवका सैन्य सल्लाहकार सैनिक मुख्यालयमा

प्रधान सेनापति प्रभुराम शर्मा र राष्ट्र संघीय महासचिवका सैन्य सल्लाहकारबीच आज जंगी अड्डामा भेटघाट भएको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको दुई दिने विशेष कार्यक्रममा सहभागी हुन जनरल बिरामे डिओप गएराति काठमाडौं आउनुभएको हो ।

भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानका साथै आगामी दिनमासमेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताको बारेमा उहाँहरुबीच छलफल भएको बताइएको छ ।राष्ट्रसंघ मुख्यालयबाट भएको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपालतथा नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको अन्तर्राष्ट्रिय जगतबाट उच्च मूल्यांकन भएको विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।

टिप्पणीहरू