प्रावि शिक्षकलाई निर्वाचन आयोगको २४ घण्टे पूर्जी

प्रावि शिक्षकलाई निर्वाचन आयोगको २४ घण्टे पूर्जी

निर्वाचन आयोगले पर्वतको शिवालय माध्यमिक विद्यालय कुश्माका प्रावि शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टे पूर्जी बुझाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै शिक्षक अधिकारीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

उनले गत असोज २२ गते आफ्नो फेसबुक स्टाटसमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको आयोगले बताएको छ ।

निर्वाचन आचारसंहिताअनुसार शिक्षकले सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने स्मरण गराउँदै आयोगले उनलाई जिल्ला निर्वाचन कार्यालयमार्फत् जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष लिखित रुपमा स्पष्टीकरण पेश गर्न भनेको छ ।

टिप्पणीहरू