भारतीय प्रधानमन्त्री सेनासँगै दीपावली मनाउंदै

भारतीय प्रधानमन्त्री सेनासँगै दीपावली मनाउंदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सेनासँगै दीपावली मनाउने हुनुभएको छ । सेनासँग दीपावली मनाउने परम्परालाई निरन्तरता दिँदै आज उहाँ उत्तराखण्ड राज्यको सीमावर्ती गाउँ मना जाने बताइएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री भएदेखि नै मोदीले हरेक वर्षको दीपावली सेनासँग मनाउँदै आउनुभएको छ । गत वर्ष उहाँले नौसैनिकसँग दीपावली मनाउनुभएको थियो ।

मुलुकका ‘बहादुरहरु’ सँग दीपावली मनाउन पाएकोमा अत्यन्त सौभाग्य महशुस भएको उहाँले गत वर्ष सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

सीमा रक्षा गर्ने सिपाहीसँग समय बिताउन पाउँदा निकै खुशी लागेको उहाँले समाजिक सञ्जालमा उल्लेख गर्नुभएको हो । सन् २०२० मा प्रधानमन्त्री मोदीले राजस्थानको लङगेवालामा दीपावली मनाउनुभएको थियो ।

त्यसैगरी सन् २०१९ मा दीपावली मनाउन प्रधानमन्त्री मोदी राजजौरी, २०१८ मा उत्तराखण्डको हारशील, २०१७ मा गुरेज भ्याली र सन् २०१६ मा हिमाञ्चल प्रदेशको सुम्डोमा उहाँले धुमधामका साथ सेनासँग दीपावलीको शुभकामना साटासाट गर्नुभएको थियो ।

सन् २०१५ मा पञ्जाबको खासा र सन् २०१४ मा लद्दाखको सियाचेन पुग्नुभएका उहाँले हरेक वर्ष सेनासँगै दीपावली मनाउन पाउँदा अत्यन्त गौरवशाली महशुस हुने गरेको जनाउँदै आउनुभएको छ ।

टिप्पणीहरू