गठबन्धन जिताउन माओवादीका विद्यार्थी देशभर खटिए

गठबन्धन जिताउन माओवादीका विद्यार्थी देशभर खटिए

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसले निर्वाचन परिचालनसम्बन्धी जिम्मेवारी प्रदान गरेको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियूले प्रदेशस्तरीय जिम्मेवारी सुम्पिएको हो । मुलुकभर गठबन्धनका उम्मेदवारहरुलाई बिनाशर्त विजयी गराउन प्रदेशस्तरीय संयोजक तोकेको उल्लेख गर्दै क्रान्तिकारीले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ ।

जसअनुसार प्रदेश १ मा किशोर मगरको संयोजकतामा मुन लिम्बु, सञ्चिता पौडेल, नवीन फुयाँल, धिरज बानियाँ सहसंयोजक तोकिएका छन् । त्यस्तै, दिपक मगर संयोजक रहेको मधेश प्रदेशमा सिर्जना खड्का, सर्मिला मगर, निश्चल स्याङताङ, रोमन थारु, अरविन्द ठाकुर, अर्चना ठाकुर, हरिकृष्ण यादवलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

बाग्मती प्रदेशमा सुजन घिमिरे, दिपेश महर्जन र अशोक दुलाल संयोजक बनेका छन् । दावा लामा, रोमन श्रेष्ठ, विनोद श्रेष्ठ, ममता शाही, दिपक तिमल्सिना, सफलता परियार, प्रमि तामाङ, मनिष केसी, सौरव बन्जरा, रोसन माझी, एलिज भुजेल, स्वरुप गैरे, स्वस्तिका श्रेष्ठ, प्रमिता परियार र कृतिका थामीले सहसंयोजकको जिम्मेवारी पाएका छन् ।

यता, गण्डकी प्रदेशको संयोजकमा सुरज मास्के र सहसंयोजकमा तिर्सना मगर, सुस्मिता रेग्मी, गौरव गुरुङ, राजन अधिकारी रहेको क्रान्तिकारीले जनाएको छ । लुम्बिनीमा संयोजकको जिम्मेवारी दामोदर ज्ञवाली र केशव पोखरेललाई दिइएको छ । सहसंयोजकमा नवीन रसाइली, महेश्वरी घर्ती, सुदीक्षा बस्नेत, उदय पोखरेल तोकिएका छन् ।

पूर्ण लावडलाई कर्णाली प्रदेशको संयोजक बनाइएको छ । त्यहाँको सहसंयोजकमा टिकाराम खत्री, विमल भण्डारी, ज्वाला बस्नेत, भूमिका ढकाल रहेका छन् । सुदूरपश्चिम प्रदेशमा लोकराज तिमल्सिनाको संयोजकतामा मोनिका रावत, महिमा रानामगर, महेन्द्र शाही र हिम्मत बोहरालाई सहसंयोजक तोकिएको छ ।

टिप्पणीहरू