ओनसरीको प्रतिबद्धता : सँधै काठमाडौं २ मा सक्रिय हुन्छु

ओनसरीको प्रतिबद्धता : सँधै काठमाडौं २ मा सक्रिय हुन्छु

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीले आफूले काठमाडौं २ बाहेक अन्य चुनावी क्षेत्रको बारेमा नसोचेको बताउनुभएको छ ।

आज शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले स्थानीयलाई आफ्नो प्रतिबद्धताप्रति आशंका नगर्न आग्रह गर्नुभएको हो ।

काठमाडौं क्षेत्र नम्बर २ का जनताले आगामी दिनमा निर्वाचन क्षेत्र छाड्न सक्ने भन्दै गरेको आशंकालाई त्याग्न अनुरोध गर्दै उहाँले भन्नुभयो, ‘यो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहने छु ।’

अर्को एक सन्दर्भमा उहाँले स्थानीय जनप्रतिनिधिहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गराउन आफूले केन्द्रसँग हरतरहको पहल गर्ने वाचा पनि गर्नुभएको छ ।

टिप्पणीहरू