कैदीहरुलाई दाम्पत्य भेटको अवसर, गोप्य कोठामा भेटेपछि ‘फ्रेस’ भएको प्रतिक्रिया

कैदीहरुलाई दाम्पत्य भेटको अवसर, गोप्य कोठामा भेटेपछि ‘फ्रेस’ भएको प्रतिक्रिया

छिमेकी मुलुक भारतको पञ्जाव राज्यमा जेलमा रहेका कैदीबन्दीले अबदेखि आफ्ना श्रीमान वा श्रीमतीसँग एकाध घण्टा गोप्य कोठामा भेट गर्न पाउने भएका छन् । भारतमा पहिलो पटक उक्त राज्यले बन्दीहरूलाई दाम्पत्य भेटको अधिकार दिएपछि उनीहरु दंग भएका हुन् ।

राज्यको पछिल्लो निर्णयपछि उक्त सुविधा प्रयोग गर्नेमा ज्यान मार्ने उद्योगमा जेल जीवन बिताइरहेका ६० वर्षिय गुरजीत सिंह भएका छन् । उनी तारान जिल्लाको गोइन्दवाल जेलमा छन् ।

आफ्नी श्रीमतीसँग केही घण्टा निजी समय बिताएपछि उनले फ्रेस भएको बताएका छन् । सञ्चारमाध्यमहरुसँगको कुराकानीमा उनले भने, ‘श्रीमतीसँग केही घण्टा गोप्य समय बिताउँदा निकै ठूलो बोझ हलुका भएको छ ।’

तर झ्यालखानाका अधिकारीहरूले भने सबै कैदीबन्दीलाई उक्त सुविधा नदिइएको बताएका छन् । उनीहरुले असल व्यवहार र चालचलन भएका बन्दीहरूलाई कम्तीमा दुई महिनामा दुई घण्टा भेट्न दिइने नियम बनाइएको छ । त्यसको लागि जेलमा छुट्टै कोठाको व्यवस्था गरिएको छ ।

टिप्पणीहरू