झ्यालबाट अम्बाको हाँगा तान्न खोज्नेको ज्यानै गयो
पर्सामा निर्माणाधीन घरबाट लडेर एक किशोरको ज्यान गएको छ । बिन्ध्यवासिनी गाउँपालिका–३ इटियाही टोलका उमेश दासको १६ वर्षीय छोरा अरविन्दकुमार दासको हिजो लडेर मृत्यु भएको छ ।
आफ्नो बन्दै गरेको एक तले घरको झ्यालबाट बाख्रालाई अम्बाको घाँस तान्न खोज्दा चिप्लिएर दास लडेका थिए । त्यसपछि गम्भीर घाइते भएका उनलाई उपचारको निम्ति एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
शव पोष्टमार्टमका लागि मुचुल्का उठाइ सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
टिप्पणीहरू