म्यादीले ड्रेस लगाएर टिकटक बनाउन नपाउने

म्यादीले ड्रेस लगाएर टिकटक बनाउन नपाउने

मङ्सिर ४ को चुनावमा सुरक्षामा खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरीको पोसाक दुरुपयोग हुने भन्दै म्यादी प्रहरीलाई टिकटक बनाउन रोक लगाएको हो ।

पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए ।

जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा उनीहरुलाई खटाइएको छ ।

सदरमुकाम बेसीसहरमा १० दिनसम्म तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई जिप्रकाले पोसाक र पेसाको दुरुपयोग नगर्न यस्तो निर्देशन दिएको हो ।

यसअघि स्थानीय चुनावमा खटिएका एक जना म्यादी प्रहरीले ड्रेस लगाएर भिडियो बनाएका थिए । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुर गरेको भन्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

टिप्पणीहरू