बसको ढोकाबाट खसेर परिचालकको मृत्यु

बसको ढोकाबाट खसेर परिचालकको मृत्यु

कपिलवस्तुमा बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ । शिवराज नगरपालिका–१, उमरीमा बसको ढोकाबाट खसेर सोही बसका परिचालक ‘खलासी’ को मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४२ वर्षीय सुधिर न्यौपाने हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख ४७०४ नम्बरको बसको ढोकाबाट आज बिहान पौने ८ बजे खसेका उनलाई सोही बसको पछाडिको चक्काले किचेको थियो ।

दुर्घटनालगत्तै चन्द्रौटास्थित संजिवनी सामुदायिक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा न्यौपानेको मृत्यु भएको वडा प्रहरी कार्यालय, चन्द्रौटाले जनाएको छ । बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू