आकाश धुम्मिए पनि तिहार छेक्ने गरी पानी नपर्ने दावी
आज तिहारको पाँचौ दिन भाइटीकाको साइत बिहान ११ बजेर ३७ मीनेटमा छ । बिहानैदेखि आकाशमा बादल देखिएकोले दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने साइतमा पानी पर्ने आकलन पनि गरिएकै छ ।
तर मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्यान्हसम्म कतै पनि पानी पर्ने सम्भावना छैन । अपरान्हपछि केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा हुने बताइन्छ ।
भरे राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तर बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आकाश धुम्मिएको हो ।
टिप्पणीहरू