भाइटीकाको समयमा भीषण आगलागी

भाइटीकाको समयमा भीषण आगलागी

ताप्लेजुङको एउटा घरमा आज बिहान आगलागी भएको छ । सिदिङ्वा गाउँपालिका–७, सुरुम्खिस्थित भीष्मराज खुदाङको घरमा आगलागी भएको बताइएको छ ।

बिहान करिब ११ बजेतिर सल्केको आगोपछि घर जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्र राखिएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा सबै खरानी भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । आगो स्थानीयले बेलैमा नियन्त्रणमा लिने अथक प्रयास गरे पनि नसकेपछि घर ध्वस्त भएको हो ।

टिप्पणीहरू