हिन्दू सेना सम्राटको र्यालीपछि महोत्तरीमा कर्फ्यु
महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु लगाएको हो ।
भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र,उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण,पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक,पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीको पुलसम्म कर्फ्यु लगाइएको सिडिओ कार्यालयले जनाएको छ ।
कर्फ्यु अर्को आदेश जारी नभएसम्म लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।
हिन्दू सम्राट सेना नामक संगठनले निकालेको र्यालीपछि आज हिंसा भड्किएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउण्ड हवाई फायर गरेको थियो ।
टिप्पणीहरू