हेटौँडामा ५ वटा ग्यास सिलिण्डर पड्कियो, होटलमा आगो दनदनी

हेटौँडामा ५ वटा ग्यास सिलिण्डर पड्कियो, होटलमा आगो दनदनी

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० को बसपार्क नजिकै होटेलमा आगलागी भएको छ ।

साहुनी मीना साह होटल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीको क्रममा पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टामा आगलागी नियन्त्रणमा लिएको छ । आगलागीबाट नजिकैको तरकारी थोक बजारमा केही क्षति पुगेको छ ।

मानवीय क्षति नभए पनि होटलमा पूर्णरूपमा क्षति पुगेको बताइन्छ । घटना आज अपरान्ह भएको हो ।

टिप्पणीहरू