हेटौंडाका पत्रकार पाण्डेको निधन

हेटौंडाका पत्रकार पाण्डेको निधन

हेटौंडाका वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा निधन भएको छ । हेटौंडा–४, कमलडाँडास्थित निवासमा उनको हिजो साँझ निधन भएको हो ।

लिभर सिरोसिसबाट पीडित उनको केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो । तर पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार हुन नसकेको हो ।

मृतक पाण्डेको आज अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन् । पत्रकार महासंघ, मकवानपुरका पूर्वअध्यक्ष पाण्डे स्थानीय प्रयास अर्ध साप्ताहिकलगायत पत्रिकाको सम्पादनको भूमिकामा थिए ।

टिप्पणीहरू