भाइटीका लगाएपछि बेहोस भएका वडाध्यक्ष बिते
नेकपा एमालेवाट निर्वाचित गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । उनको हिजो साँझ उनको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरमा नै बसिरहेको समयमा दिउँसो एक्कासी लडेर बेहोस भएका उनलाई गोरखा अस्पताल पुर्याइएको थियो ।
अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण अझै खुल्न नसकेको प्रहरीको भनाइ छ । एमाले निकट युवा संघ नेपालका केन्द्रीय पदाधिकारीसमेत रहेका उनी गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
टिप्पणीहरू