यसरी मनाइयो ताप्लेजुङमा नेपाल सम्वत ११४३

यसरी मनाइयो ताप्लेजुङमा नेपाल सम्वत ११४३

ताप्लेजुङमा पनि नेपाल सम्बत ११४३ प्रारम्भको अवसरमा कार्यक्रम आयोजना गरिएको छ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले नेपाल सम्वतको शुभकामना आदान प्रदान गरेको हो ।

अस्ति दिउँसो लाखेनाच तथा नेवारी पोशाकमा सजिएका नेवार बालबालिका, युवायुवती, वृद्धवृद्धा तथा अन्य विभिन्न जातजातिका भेषभुषामा सजिएका कार्यक्रममा सहभागी भएका थिए ।उनीहरु बजार परिक्रमा गरी फुङलिङ नगरपालिका ४ को भिन्तुना डाँडामा रहेको मन्दिरमा भेला भएका हुन् । डाँडामा गरिएको नेपाल सम्वत ११४३ को शुभकामना आदान प्रदान कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन प्रमुख अतिथि थिए ।उपमेयर भीमादेवी ओझा, आदिवासी जनजातिलगायत सामाजिक व्यक्तित्वहरुको पनि उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले गरेका हुन् ।

टिप्पणीहरू