माओको दु:ख सम्झँदै सिको सिङ्गै टोली यनानमा

माओको दु:ख सम्झँदै सिको सिङ्गै टोली यनानमा

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले नयाँ नेतृत्व चुनेलगत्तै पार्टी अध्यक्ष स्वर्गीय माओत्सेतुङको तत्कालीन कार्य क्षेत्र सियान पुगेको छ । महासचिव सि जिनपिङलगायत स्थायी समितिका सातै जना नेताले पहिलो भ्रमणको निम्ति सान्सी प्रान्तको यनान रोजेको बताइएको छ ।

यनान तत्कालीन क्रान्तिकारीहरुको आधार क्षेत्र हो । यो उत्तर पश्चिम प्रान्तको सान्सी प्रान्तमा पर्छ । गत शनिवार बेइजिङमा महाधिवेशन सम्पन्न भएपछि हिजो स्थायी समितिका सातै जना नेता त्यहाँ पुगेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

नयाँ नेतृत्वले चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन सम्पन्न भएको स्थानको भ्रमणबाट कार्यभार थाल्ने निर्णय गरेपछि त्यहाँ पुगेको बताइन्छ । उक्त स्थानलाई अध्यक्ष माओले लामो समयसम्म निवासको रुपमा प्रयोग गर्नुभएको थियो ।

यनान क्रान्तिकारी मेमोरियल हलमा आयोजित पार्टीको इतिहाससँग सम्बन्धित प्रदर्शनको पनि उहाँहरुले अवलोकन गर्नुभएको थियो । प्रदर्शन १३ वर्षसम्म पार्टीको केन्द्रीय समिति रहेको स्थानमा भएको हुँदैछ ।

टिप्पणीहरू