रसुवामा बस पल्टियो, ड्राइभर फरार

रसुवामा बस पल्टियो, ड्राइभर फरार

पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको कालिका गाउँपालिका-३ कालिकास्थानमा बस दुर्घटना भएको छ ।

कालिकास्थानबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ६०३५ नम्बरको यात्रुवाहक बस आज बिहान साढे ११ बजेतिर सडकमै पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार दुर्घटनामा परि केही यात्रु घाइते भएका छन् ।

घाइते सबैलाई नुवाकोट जिल्ला अस्पतालमा लगिएको जनाइएको छ । दुर्घटनाको कारण पत्ता लागेको छैन भने बसका चालक फरार भएका छन् । थप विवरण आउन बाँकी छ ।

टिप्पणीहरू