काँग्रेसले भन्यो : आज होइन भोलि
सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न निर्वाचनका लागि तय गरेको संकल्पपत्र (घोषणापत्र) भोलि सार्वजनिक गर्ने भएको छ । गठबन्धनका तर्फबाट यसअघि नै प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको काँग्रेसले घोषणापत्र भने छुट्टै ल्याउन लागेको हो ।
भोलि मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपाबाट प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने काँग्रेसले जनाएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा सभापतिसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि उपस्थित हुने बताइएको छ ।
काँग्रेसले ‘निरन्तरतमा नवीनता’ भन्ने मूल नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण र संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखेर संकल्पपत्र तयार पारेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । यसअघि काँग्रेसले घोषणापत्र आज सार्वजनिक गर्ने बताइएको थियो ।
टिप्पणीहरू