नोटमा लक्ष्मी–गणेश राख्न प्रधानमन्त्री गुहार्दै मुख्यमन्त्री

नोटमा लक्ष्मी–गणेश राख्न प्रधानमन्त्री गुहार्दै मुख्यमन्त्री

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय नोटमा हिन्दूका देवता लक्ष्मी–गणेशको आकृति राख्न माग गरेका छन् । मुख्यमन्त्री केजरीवालले भारतीय नोटमा ती देवताको फोटो राख्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित आग्रह गरेका हुन् ।

उनले आफ्नो मागप्रति सबै सहमत भएको उल्लेख गर्दै यसमा भारतीय जनताको ठूलो समर्थन रहेको उल्लेख गरेका छन् । अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको बताउँदै केजरीवालले कागजी मुद्रामा लक्ष्मी–गणेश देवताको आकृति राखेमा देशको विकास हुने दाबी गरेका छन् ।मुलुक स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारत गरिब राष्ट्रमै गनिने गरेको बताउँदै उनले पत्रमा लेखेका छन्, ‘देशका १३० करोड जनताको चाहना छ कि भारतीय मुद्रामा एकातर्फ गान्धीजी र अर्कोतर्फ श्री गणेशजी र लक्ष्मीजीको तस्बिर होओस् । आज देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारत विकासशील र गरिब राष्ट्रमै सीमित छ ।’

टिप्पणीहरू