धवल समशेरले मतदातालाई बाँड्न गोजीबाट पैसा निकालेको भिडियो भाइरल

धवल समशेरले मतदातालाई बाँड्न गोजीबाट पैसा निकालेको भिडियो भाइरल

बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा मतदातालाई पैसा बाँड्दै गर्दाको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जाल टिकटकमा देखाइएको उक्त भिडियोमा सो क्षेत्रका राप्रपा उम्मेदवार धवलसमशेर राणाले खल्तीबाट झिकेर रकम बाँडेको स्पष्टसँग देखिन्छ ।

निर्वाचन प्रचार प्रसारमा हिँडेको बखत उनले पैसा बाँडेको स्थानीयको भनाइ छ । कार्यकर्ताले रकम बाँड्न संकेत गरेपछि उनले पाइजामाको खल्तीबाट मोटो पर्स निकालेर केही रकम दिएका थिए । बाँकी रकम पाइजामामै घुसारेको पनि भिडियोमा देखिन्छ ।

एमालेसँग तालमेल गरेर उठाइएका राणा पहिले नेपालगञ्ज नगरपालिकाको मेयर थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले आफूलाई झापामा, दीपक बोहोरालाई रुपन्देहीमा र महामन्त्री राणालाई बाँकेमा एमालेसँग तालमेल गराउँदै उम्मेदवार बनाएका हुन् ।

यसरी खुलमखुल्ला उम्मेदवारले रकम बाँडेको देख्दा पनि निर्वाचन आयोग मौन बसेको भन्दै स्थानीय रुपमा चर्को विरोध भएको छ ।

टिप्पणीहरू