कालिकोटका एमाले र राप्रपाका एक दर्जन नेता माओवादीतिर
कालिकोटमा एमाले र राप्रपाका झण्डै एक दर्जन स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुले हिजोदेखि आफ्नो पार्टी त्यागेर माओवादी केन्द्र रोजेको बताइएको छ ।
माओवादी रोज्नेमा राप्रपाको कर्णाली प्रदेश सदस्यदेखि एमालेको वडा कमिटी सचिवसम्म छन् । माओवादीले दिएको जानकारीअनुसार त्यसरी पस्नेमा राप्रपाको कर्णाली प्रदेश सदस्य कालीबहादुर शाही छन् ।

त्यसैगरी खाडाचक्र नगरपालिका-१ को एमाले वडा कमिटी सचिव भीमराज बिक, सहसचिव प्रदीप बिक र वडा सदस्य उम्मेदवार लालपुरा बिकले पनि एमाले परित्याग गरेका छन् ।
हिजोदेखि माओवादी प्रवेश गरेका एमाले कार्यकर्ताहरुमा जनम बिक,धन बिक,मणि बिक,गोविन्द बिक,शेर बिक,धनसुर टमाटा र जया बिक हुन् ।
टिप्पणीहरू