प्रधानमन्त्रीको उपस्थितिमा काँग्रेसको घोषणपत्र जारी

प्रधानमन्त्रीको उपस्थितिमा काँग्रेसको घोषणपत्र जारी

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केही बेरअघि ललितपुरको सानेपा पुग्नुभएको छ । उहाँ पार्टी केन्द्रीय कार्यालय जानुभएको हो ।

काँग्रेस केन्द्रीय प्रचारप्रसार कमिटीले आयोजना गरेको ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९’ को संकल्प पत्र (घोषणा पत्र) सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जानुभएको बताइएको छ ।

काँग्रेसले आज निर्वाचनमा जनाइएको संकल्प सार्वजनिक गरिएको छ । कार्यक्रममा संकल्प पत्र मस्यौदा समितिका संयोजक तथा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्व अर्थमन्त्री डा. रामशरण महत, पूर्व उपसभापति गोपालमान श्रेष्ठलगायतको उपस्थिति छ ।

टिप्पणीहरू