नेपाली काँग्रेसको घोषणापत्र : कोखदेखि शोकसम्मको जिम्मा सरकारको

नेपाली काँग्रेसको घोषणापत्र : कोखदेखि शोकसम्मको जिम्मा सरकारको

नेपाली काँग्रेसले आगामी निर्वाचनको निम्ति चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पार्टी मुख्यालय सानेपामा आज बिहान काँग्रेसको देश विकासको अवधारणा जारी गरिएको छ ।

काँग्रेसले आफू वितरणमुखी विकासको पक्षमा नरहेको बताउँदै आएको छ । उसले कोखदेखि शोकसम्मको अवधारणा सार्वजनिक गरेको हो । ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ उपचार काँग्रेसको घोषणापत्रमा छ ।

त्यसैगरी ५ वर्षसम्म उमेरका बालबालिका विपन्न परिवारकालाई निःशुल्क र अन्यलाई शुल्क तोकिने उल्लेख छ । घोषणापत्रमा काँग्रेसले स्वास्थ बीमा, आर्थिक सुधार, ऊर्जा उत्पादन, विद्युतीय बस, विद्युतीयय चुल्होलाई पनि प्राथमिकता दिने बताएको छ ।

सीप र बजारको पहिचानअन्तर्गत पाठ्यक्रमलाई ५० प्रतिशत सिपमूलक र व्यावसायिक बनाइने काँग्रेसको वचनबद्धता सार्वजनिक गरिएको छ । त्यसैगरी बालकुपोषणलाई २० प्रतिशतमा झार्ने, आर्टिफिसियल इण्टेलिजेन्सलाई बढावा दिने र पर्यटन क्षेत्रमा पर्याप्त पूर्वाधारको विकास गरेर पर्यटकको बसाईलाई १५ दिनसम्म बढाएर ४८ डलर प्रतिदिन खर्च गर्ने वातावरण बनाइने भनिएको छ ।

टिप्पणीहरू