काँग्रेसका नगर सह–सचिव पार्टीबाट निश्कासित
नेपाली काँग्रेसले पार्टी विधान विपरित गतिविधि गरेको आरोपमा बैतडीका एक जना स्थानीय नेतालाई निश्कासन गरेको छ । काँग्रेस बैतडीको पाटन नगर सहसचिव कृष्णा पन्तलाई पार्टीको विधान विपरित कार्य गरेकोमा पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निकालिएको जनाइएको छ ।
पार्टीको जिल्ला अनुशासन समितिका संयोजक देवराज जोशीले पन्तलाई हिजो जिम्मेवारीबाट हटाइएको जानकारी गराएका हुन् । उनलाई गठबन्धनका उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा कारवाही गरेको बताइएको छ ।
यस्तै काँग्रेसको जिल्ला कार्य समिति बैतडीले पूर्व महाधिवेशन प्रतिनिधि तथा दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीलाई काँग्रेसका आधिकारिक उम्मेदवारको विरोध गरेको भन्दै स्पष्टीकरण सोधेको छ । कोलीले बागी उम्मेदवारको पक्षमा कार्य गरेको देखिन आएकाले भोलि साँझ ५ बजेसम्म लिखित स्पष्टीकरण बुझाउन भनिएको हो ।

टिप्पणीहरू