छठले राष्ट्रिय एकताको भावना बढाउनेमा प्रधानमन्त्री ढुक्क
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्व समाजमा शान्ति,सद्भाव र पवित्रता प्रवर्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिध्द रहेको बताउनुभएको छ ।
छठको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समाजमा सांस्कृतिक एकताको भावना बृध्दि गर्न छठ पर्वले मद्दत पुर्याउने विश्वास पनि गर्नुभएको छ । तराई, मधेसमा मनाइने यो पर्व पछिल्लो समय नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा देशभर विस्तार भएको प्रधानमन्त्रीको भनाइ छ ।
पर्व र संस्कृतिले समाजलाई स्वच्छ र पवित्र राख्न,एकापसमा सद्भाव र सहिष्णुता बढाउन साथै विविधताभित्र एकता कायम गर्न सहयोग पुर्याउँदै आएको उहाँले बताउनुभएको छ ।
टिप्पणीहरू