प्रधानमन्त्रीको कप फुत्काउन आज दुई तिर दुई भिडन्त

प्रधानमन्त्रीको कप फुत्काउन आज दुई तिर दुई भिडन्त

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् । आजै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच अर्को खेल हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा एपिएफ क्लब,त्रिभुवन आर्मी क्लब,कर्णाली,गण्डकी र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’मा नेपाल पुलिस क्लब,बागमती, लुम्बिनी,मधेस र प्रदेश १ छन् ।

क्यानका अनुसार विजेता टिमले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख पाउनेछ । सेमिफाइनलमा पुग्ने प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै,सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट बलर र ब्याटरले २०–२० तथा इमर्जिङ खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दि म्याचले ५ हजार प्राप्त गर्नेछन् ।

टिप्पणीहरू