शनिबारको बिदामा दुई हजार चालक ट्राफिक कारवाहीमा

शनिबारको बिदामा दुई हजार चालक ट्राफिक कारवाहीमा

काठमाडौं उपत्यकामा हिजो ट्राफिक नियम उल्लंघन गर्ने १९ सय ३२ जना कारवाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा उनीहरु कारवाहीमा परेका हुन् ।

दिउँसोको समयमा मदिरा सेवन गरी सवारी साधन चलाएका १९७ जना, रेड लाइटको पालना नगरेका १७ जना र लेन मिचेका ११ जना कारवाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, हर्न निषेधित क्षेत्रमा हर्न बजाएका ८८ जना, स्पष्ट नम्बर प्लेट नराखिएका ८८ जना र अन्य ट्राफिक नियम पालना नगरेका १५ सय ८१ जनालाई कारवाही गरिएको कार्यालयले जानकारी दिएको छ ।

टिप्पणीहरू