निर्वाचन सामग्री अति दुर्गममा पुग्यो, सुगम जिल्लामा बाँकी

निर्वाचन सामग्री अति दुर्गममा पुग्यो, सुगम जिल्लामा बाँकी

निर्वाचन आयोगले आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी गर्ने काम सम्पन्न भएको जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू ती जिल्लामा पुगिसकेको छ ।

जसमा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुरामा निर्वाचन सामग्री पुर्याइएको छ ।

आयोगका अनुसार अन्य ५१ जिल्लामा निर्वाचन सामग्रीमध्ये केही पठाइसकिएको छ । ती जिल्लामा बाँकी सामग्री ढुवानी गर्ने कार्य जारी गरेको आयोगले बताएको छ ।

निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू देशभर पठाउने कार्य भइरहेको छ ।

टिप्पणीहरू