शिक्षा मन्त्रालय बाहिर कार बम विस्फोटः सय जनाको मृत्यु, सयौँ घाइते
सोमालियामा कार बम विस्फोट हुदाँ सय जनाको ज्यान गएको छ । गएराति राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रालयको बाहिर भएको दुई कार बम विस्फोटमा परी उनीहरुको मृत्यु भएको हो ।
सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आज विज्ञप्ति जारी गर्दै बम विस्फोटमा करिब ३ सय जना घाइते भएको जानकारी दिए । उनले घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । घटनास्थल पुगेका राष्ट्रपति मोहम्मदले घाइतेको तत्काल उपचार गर्न सरकारलाई निर्देशन दिएका छन् ।
आक्रमणको हालसम्म कसैले पनि जिम्मा लिएको छैन् । तर, राष्ट्रपतिले इस्लामवादी समूह अल शबाबले बम विस्फोट गरेको आरोप लगाएका छन् । यसअघि २०१७ सालमा पनि सोही ठाउँमा ट्रक बम विस्फोट हुदाँ ५ सय भन्दा बढीको मृत्यु भएको थियो ।
स्रोतः रोयटर
टिप्पणीहरू