भक्तपुरमा कार, मोटरसाइकल र बस जुध्यो, घाइते बालक नर्भिकमा बिते
भक्तपुरमा बस, कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका एक बालकको ज्यान गएको छ । दोलखा घर भई हाल काठमाडौँको बौद्ध बस्ने मोटरसाइकल चालक ढावा शेर्पाका ६ वर्षीय छोरा आर्जनको नर्भिक अस्पतालमा आज मृत्यु भएको हो ।
हिजो दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका–५, श्रृजनानगरस्थित जगातीबाट काठमाडौँ जाँदै गरेको बा. ६ च. ८८५८ नं. को कार, सोही दिशातर्फ जाँदै गरेको बा. ५५ प. ९९२२ नम्बरको मोटरसाइकल र बा.४ ख. ५७९६ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार शेर्पाका बाबु–छोरा घाइते भएका थिए ।
गम्भीर घाइते आर्जनलाई मध्यपुर अस्पतालबाट नर्भिकमा रिफर गरिएकोमा उपचारकै क्रममा निधन भएको हो । घाइते शेर्पाको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै बस चालक दोलखाका भरत चौंलागाई र कार चालक भक्तपुरका रिया कायस्थलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू