चाडबाडमा लागूऔषध ओसारपसार उत्तिकै
लागूऔषध ओसारपसारमा संलग्न चार जना समातिएका छन् । लागूऔषध कारोबारीहरुलाई बाँके र कञ्चनपुरबाट गएराति प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–४, बोर्डिङ बस्तीको मध्यवर्ती सामुदायिक वनबाट करिब ३ सय २० मिलिग्राम ब्राउनसुगरसहित १९ वर्षीय नीमबहादुर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट ५४ ग्राम खैरो हेरोइनसहित बैतडीका २७ वर्षीय गजेन्द्र चन्दलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले पचुईबाट बेलौरीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ज १२८२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा सवार उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
टिप्पणीहरू